शेयर बजारमा रहेका नीतिगत समस्यालाई सहज बनाउँदै लगिनेछ : अर्थमन्त्री पुन
काठमाडौं । पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी बिस्तार गर्नुपर्नेमा अर्थमन्त्री बर्षमान पुनले बताउनु भएको छ । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री पुनले सो कुरा बताउनु भएको हो ।
हिजो लगानी गर्दा केही कमी कमजोरी भएको छ भने त्यसलाई समीक्षा गर्नु पर्ने धारणा राख्दै उहाँले कोषको बिज्ञ सञ्चालक, कोष ब्यवस्थापकले...